१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

संघीय राजधानी रहेको प्रदेश भएकाले प्रदेश सरकारको कामहरु छायाँमा पर्‍यो — केशव पाण्डे (अन्तर्वार्ता)

संघीय राजधानी रहेको प्रदेश भएकाले प्रदेश सरकारको कामहरु छायाँमा पर्‍यो — केशव पाण्डे (अन्तर्वार्ता)
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक राजनीतिको असर प्रदेश सरकारहरुमा देखिएको छ । बैशाख १५ गते बुधबार बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीमण्डल विस्तार गर्नुभयो र नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक केशव पाण्डे आन्तरिक मामिला तथा कानूनमन्त्री बन्नुभयो । न्यूज एजेन्सी नेपालले नवनियुक्त आन्तरिक मामिला मन्त्री पाण्डेसँग कुराकानी गरेको छ । संघीय राजधानी रहेको प्रदेश भएकोले प्र्रदेश सरकारले गरेका धेरै राम्रा कामहरु छायाँमा परेको मन्त्री पाण्डेले बताउनुभएको छ । कुराकानीमा मन्त्री पाण्डेले बढ्दो कोभिड संक्रमण रोक्न र संक्रमितको उपचार गर्न संघीय सरकार संग मिलेर काम गर्ने बताउनुभयो । प्रस्तुत छ,मन्त्री पाण्डेसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानी ।

विषम परिस्थितिमा मन्त्री बन्नुभएको छ । के छ तपाईको योजना, कसरी काम गर्नुहुन्छ ?

अहिले ब्रिफिङ लिने काम गरिरहेको छु । आन्तरिक मामिला तथा कानून मन्त्रालय भित्र मुख्य तीन मन्त्रालय पर्दछन् । गृह, संचार र कानून सबै संग एक एक गरेर ब्रिफिङ लिईरहेको छु । भर्रखरै प्रदेश सुरक्षा समितिको बैठक गरेर ब्रिफिङ लिईसकेको छु । प्रदेश सरकारको गृहमन्त्रालय संग प्रदेश प्रहरी छैन । हस्तान्तरण भइसकेको अवस्था पनि छैन । यससंगै बागमती प्रदेश भित्र रहेको उपत्यका मेट्रो प्रहरीले हेर्ने र यो बाहेकको प्रदेशलाई दिने भन्ने विषयले प्रदेश र संघको बीचमा छलफल चलिरहेको छ । प्रदेशले नै उपत्यका हेर्न सकिन्छ भन्ने हाम्रो भनाइ हो । यसमा संघ र प्रदेशबीच थोरै मतान्तर रहेको छ । तर प्रहरी समायोजनको कम छिटो सकियो भने प्रदेश प्रहरी तुरुन्तै संचालनमा आउने विश्वास लिएको छु । अहिले सम्म भएको कुनै पनि संरचदा प्रदेश प्रहरीको छैन । सवै संघीय प्रहरीको छ । यस्तै संचार भित्र पनि संचार सूचना गृह बनाउने विषयमा गृहकार्य भईरहेको छ । यस्तै संचारग्राम बनाउने योजना छ । यसलाई कसरी बनाउने भन्नेबारे पत्रकार तथा पत्रकार सम्बद्ध संगठनहरुसंग छलफल गर्ने छु । प्रदेश सरकारले अवधारणा ल्याए पनि खासै काम भएको छैन । यस्तै पहाडी क्षेत्रमा कसरी इन्टरनेट सेवा पुर्याउने भन्ने बारेमा काम गर्न थालेका छौ । यस्तै धेरै विषयमा आन्तरिक छलफल गर्ने ब्रिफिङ्ग लिने काम भएको छ ।

अहिले कोरोनाको संक्रमण बढीरहेको छ । कारोना संग संघीय सरकार एक्लै जुधीरहेको जस्तो देखियो । प्रदेश सरकारको उपस्थिति कहाँ छ ?

मैले सुरक्षा समितिको बैठकमा यसै विषयमा छलफल गरेको छु । हामीले सामाजिक विकाश मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयको बीचमा समन्वय गरेर काम गर्ने गरि गृहकार्य सुरु भएको छ । छलफलमा सुरक्षा निकायका प्रमुखहरुलाई स्पष्ट निर्देशन दिएको छ । अप्ठेरो परेको विषय सरकारलाई भन्न आग्रह गरेको छु । कहाँ ? के सेवा सुविधा चाहिन्छ भन्नुहोस् भर कोभिड विरुद्धका कुनै काम पनि नरोक्न निर्देशन दिएको छु । बैठकमा सहभागी नेपाली सेनाका उच्च अधिकारीले आफ्नो कमाण्डमा रहेका सेनाका स्वास्थ्य अधिकृत कर्मचारी उपलब्ध गराउने प्रतिवद्धता दिनुभएको छ । यस्तै सीमा हेर्ने शसस्त्र प्रहरी बलले सीमा नाकामा अवैध आवतजावतको समस्या देखाएको छ । यसलाई समाधान गर्न छिमेकी प्रदेशका सरकारसंगको समन्वयमा काम गर्ने योजना बनाएको छु । यसले नाकाहरुबाट हुने सबै क्रियाकलाप रोकिन्छ भन्ने विश्वास लिएको छु । पूर्व पश्चिम राजमार्गको आवतजावत अहिले पनि रोकिएको छैन । कोरोना संक्रमणको चेन ब्रेक गर्न यसले केही जटिलता थपेको छ । यसलाई सुरु विन्दुमा नै रोक्न समन्वय गर्न आवश्यक देखेको छु । सामाजिक विकाश मन्त्रालयसंग छलफल गरेर एम्बुलेन्स, आइसोलेसन वार्ड, आईसियु थप्ने विषयमा योजना बनाएर कम थाल्न लागेको छु । प्रदेश सरकारले कार्म नगरेको होइन । कोभिडको समयमा अघिल्लो बर्षदेखि अहिलेसम्म सिन्धुली, काभ्रेपलाञ्चोक , नुवाकोट र हेटौडाका अस्पालहरुमा २५, ५० र १ सय बेडको पूर्वाधार हेरेर स्तरोन्नती गरेका छौ । यी अस्पतालहरुमा अत्यावश्यक सेवाका लागि आईसियु, एचडियु, भेन्टीलेटर लगाएतका सुविधा राखिएको छ । यसका साथै प्रदेश भित्रका सबै जिल्लास्तरीय कोभिड संक्रमण तथा रोकथाम समिति (डिसिसिएमसि) लाई आवश्यक सबै विषय सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएको छ । यति मात्र हैन स्थानीय तहहरुलाई पनि आवश्यक कुरा माग्न भनेका छौ । काठमाण्डौ उपत्यकाका बाहेकका जिल्लाहरुमा गतबर्षको भन्दा राम्रो कम भईरहेको छ ।

प्रदेश सरकारले आफूलाई जनतासंग नजिक रहेको देखाउन सेवा प्राहको बारेमा चिनाउन आवश्यक छैन ?

प्रदेश शुन्यबाट सुरु भएको हो । अहिलेको अवस्थामा आईपुग्दा गर्व गर्नुपर्छ । देशैभरिका अस्पतालहरु मध्यमा अघिल्लो बर्ष धुलिखेल अस्पताल यो बर्ष त्रिशुली अस्पताल देश भरिमा उत्कृष्ट रह्यो । यो प्रदेशलाई सुम्पिएका अस्पताल हुन् । यसको सेवा सुविधाबाट जनता सन्तुष्ट छन् । जनताको पहिलो उपचार त्यही अस्पतालबाट हुने र सकेसम्म रिफर गर्नुपर्ने अवस्था आउनै नदिने योजनाको साथ तयारी गर्दैछौ । यस्तै प्रदेश भित्रका जनतालाई भ्याक्सीन लगाउने विषयमा पनि आन्तरिक कामहरु भइरहेका छन् । स्थानीयस्तरमा बनेको स्काउट समितिहरुलाई पनि परिचालन गर्ने गरि तयारीहरु गरिरहेका छौ । स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकालले संक्रमितहर होम आईसोलेसनमा बस्न सक्छन् भन्दा धेरै आलोचना र विरोध भयो । अहलिे सकेसम्म होम आइसोलेसनमा बस्न चाहन्छन् । व्यवस्थित होम आइसोलेसन, क्वारेन्टाइन र भ्याक्सिनको तयारीमा सरकार लागेको छ । तर प्रदेश देखिने विषय संघीय सरकार यहि भएकाले प्रदेश सरकार र यसले गरेका कामहरु छायाँमा परेका छन् । तर अरु प्रदेशसंग तुलना गरेर हेर्दा हामी पछाडी छैनौं । यस्तै कृषिउपज अन्न, फलफूल, तरकारी, अण्डा, मासु लगाएतका क्षेत्रमा विस्तारै आत्मनिर्भर बन्दै गएका छौ ।

प्रदेशलाई आवश्यक पर्ने मुख्य दुइवटा छाता कानूनहरु कर्मचारी सम्बन्धी र प्रहरी सम्बन्धी कानून बनेको छैन । संगै प्रदेश आफैले बनाउनुपर्ने धेरै कानूनह बनाएको छैन । कसरी काम हुन्छ ?

एउटा कुरा सत्य हो । संघमा रहेका कर्मचारी र आफ्नै पार्टिका मन्त्रीहरु पनि उदार हुनुभएन, प्रदेशलाई धेरै अधिकार किन हस्तान्तरण गर्ने भन्ने मानसिकताले काम गर्यो । धेरै पटक वार्ता छलफल भएपनि परिणाम निस्कन सकेको छैन । प्रदेशको संरचना बन्दा कानूनविहिन अवस्था थियो । यस्तोवेला माथिबाट ड्राफ्ट कानून पठाएको भरमा कर्मचारीहरुले कपि पेष्ट गर्दा आफ्नो आवश्यकता अनुसारको मौलिक कानून बनेन । कर्मचारीको कारणले वास्तविक आवश्वकताको कानून बनेन । यसको परिणाम कानूनको काार्यन्वयन राम्रोसंग नहुँदा संसोधन गर्नुपर्ने अवस्था आएको छ । संघीय कानून संग नबाझिने गरि कानून निर्माण गर्न सकिन्थ्यो तर माथिकै कानून समयानुकुल नफेरिदा समस्या पेको छ । यो रोग पुरानै हो । संघबाट प्रदेशमा सरको छ । कानून बनाउन पनि प्रक्रियागत झन्झट छ । कुनै एक मन्त्रालयले आवश्यक राय स्विकृती समयमा नै नदिंदा कानून बन्दैन । हामी विस्तारै काम गर्दैछौ ।

अहिले संघ र प्रदेशका सरकार बजेट बनाउन लागि रहेका छन् । आगामी बर्षको बजेटमा प्रदेश सरकारको प्राथमिकता के मा हुन्छ ?

बजेटको दुईवटा पक्षलाई छुट्याएर हेर्नुपर्छ । एउटा भौतिक पुर्वाधार अर्को सामाजिक क्षेत्र । यसलाई जनताको मागको आधारमा हेर्दा भौतिक पूर्वाधार मुख्य रुपमा आउँछ । संगै मानवविकाश सूचकांकलाई हेर्ने हो भने पछाडी परेको स्वास्थ्य, शिक्षा, खानेपानी रोजगारीमा ध्यान दिनुपर्ने देखिन्छ । पूर्वाधारको राम्रो विकाश भएपछि मात्र सामाजिक विकाशमा गएको बजेटले नतिजा दिने कुरा हामीले बुझेका छौ । अहिले भौतिक पूर्वाधारको विकाशको लागि नजरअन्दाज गरेर अगाडी बढ्न सक्ने अवस्था छैन । बजेटको ठूलो हिस्सा यसमा जाने पक्का छ । तर प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीका विषयमा प्राथमिकता तोकेर बजेट कार्यक्रम बनाउने छ । भौतिक पूर्वाधारको कुरा गर्दा भत्काउने भन्दा पनि स्थायी गर्ने, पक्की बनाउने कुरामा सरकारले ध्यान दिनेछ । जस्तो खानेपानीको कुरा गर्दा अव प्रदेश सरकारले खानेपानीको लागि पाइप किन्न पैसा दिदैन । बरु एक घर एक धाराको कार्यक्रम चलाउँछ । यस्तै बागमती प्रदेश खरको छानाविहिन प्रदेश बनाउने कार्यक्रम आगामी बजेटमा आउने छ । हाम्रो ध्यान परिर्वतन संगै स्थायित्व दिने खालको काममा जानेछ । हरेक बर्ष एउटै शिर्षकमा बजेट विनियोजन गरिदैन । यीनै हाम्रा प्राथमिकता हुनेछन् ।