२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले कतिमा किने नयाँ घर ?



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले नयाँ घर किनेका छन् । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा हालै आबद्ध भएका मेसीले महँगो मूल्यमा नयाँ घर खरिद गरेका हुन् ।

इन्टर मियामीमा आबद्ध भएयता मेसी आफ्नो परिवारसहित अमेरिकामै बस्दै आएका छन् । मेसी र उनकी श्रीमती एन्टोनेला रोकुज्जो दुबैको रोजाइमा नयाँ घर किनिएको समाचारमा जनाइएको छ । मेसीको नयाँ घर १० हजार पाँच सय स्क्वायर फिटमा फैलिएको छ ।

३६ वर्षीय मेसीले फ्लोरिडाको लाउडरडेलमा किनेको नयाँ घरमा आठवटा बेडरुम रहेको छ । उनको घरको बार्दलीबाट समुद्रको मनोरम दृश्य देख्न सकिनेछ । उनको नयाँ घरमा स्विमिङ पुल, इटालियन शैलीको किचन र तीनवटा गाडी अटाउने ग्यारेजको सुविधा रहेको छ ।

यसैगरी उनको घरमा स्पा र जिमको सुविधा पनि रहेको छ । मेसीले उक्त घर १०.८ मिलियन डलरमा (एक अर्ब ४२ करोड ७१ लाख नेपाली रुपैयाँ) खरिद गरेको न्यूयोर्क पोस्टले जनाएको छ । मेसी गत जुलाईमा इन्टर मियामीमा आबद्ध भएका थिए ।