१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् महाभारतका ‘भीम’



अ+ अ-

एजेन्सी । बीआर चोपडाको चर्चित टिभी सिरियल महाभारतमा ‘भीम’को भूमिका निभाएका प्रवीण कुमार सोबतीको निधन भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । 

महाभारत धारवाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । फिल्ममा काम गर्नु अघि प्रविण एक खेलाडीसमेत थिए ।

उनले एसियाली र कमनवेल्थ गेम्समा देशका लागि धेरै स्वर्ण र रजत पदक जितेका थिए। 

खेलकुदमा गरेको योगदानका लागि उनलाई सन् १९६७ मा अर्जुन पुरस्कार प्रदान गरिएको थियो ।

प्रवीणले १९८१ मा आएको फिल्म ‘रक्षा’बाट कलाकारितामा डेब्यु गरेका थिए । तर, उनको पहिचान भने महाभारतको ‘भीम’बाटै मिलेको थियो । उनको अन्तिम फिल्म १९८८ को ‘ट्रेन टू पाकिस्तान’ थियो ।