• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

चिनियाँ गिरोहले नेपालमा सुन तस्करी गर्न ७ वटा कम्पनी खोलेको पाईयो: सीआईबी



काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको दाबी गरेको छ।

६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा पाएको सीआईबीले नेपालमा चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको र तीमध्ये ६ वटा कम्पनीमार्फत सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।

चिनियाँ गिरोहले उक्त कम्पनीमार्फत सुरुमा थोरै मात्रामा सामान ल्याउने र त्यसको सफलतालाई हेरेर बाँकी सामान ल्याउने गरेको अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

‘जसमध्ये ६ वटा कम्पनीबाट सुन आयात गरिएको देखिन्छ । उनीहरुले ब्रेक प्याड लगाएका उपकरणमार्फत सुन भित्र्याएको पनि खुलेको छ । अहिले रेडी ट्रेड प्रालीबाट ब्रेक प्याडमार्फत आएको आठ कार्टुनमा ६० केजी ७ सय ग्राम सुन भेटिएको छ । अन्य ६ वटा कम्पनीबाट पनि लुकाइछिपाई आएको छ । त्यो समेत अनुसन्धान गरेर पूरक प्रतिवेदन बन्छ’, थापाले भने ।