२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ गिरोहले नेपालमा सुन तस्करी गर्न ७ वटा कम्पनी खोलेको पाईयो: सीआईबी



अ+ अ-

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको दाबी गरेको छ।

६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा पाएको सीआईबीले नेपालमा चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको र तीमध्ये ६ वटा कम्पनीमार्फत सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।

चिनियाँ गिरोहले उक्त कम्पनीमार्फत सुरुमा थोरै मात्रामा सामान ल्याउने र त्यसको सफलतालाई हेरेर बाँकी सामान ल्याउने गरेको अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

‘जसमध्ये ६ वटा कम्पनीबाट सुन आयात गरिएको देखिन्छ । उनीहरुले ब्रेक प्याड लगाएका उपकरणमार्फत सुन भित्र्याएको पनि खुलेको छ । अहिले रेडी ट्रेड प्रालीबाट ब्रेक प्याडमार्फत आएको आठ कार्टुनमा ६० केजी ७ सय ग्राम सुन भेटिएको छ । अन्य ६ वटा कम्पनीबाट पनि लुकाइछिपाई आएको छ । त्यो समेत अनुसन्धान गरेर पूरक प्रतिवेदन बन्छ’, थापाले भने ।