• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सीआईबीले दियो ६० केजी सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय



काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० केजी सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

सीआईबीले आज गरेको पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी गरी ३२ जनालाई पक्राउ गरिसकिएको जानकारी दिनुभयो ।

सीआईबीका अनुसार १४ विदेशी र ४ नेपाली फरार रहेका छन् । पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ ।

गत साउन २ गते राजस्व अनुसन्धान विभागले भन्सार परिसर बाहिर सुन बरामद गरी १९ दिनसम्म अनुसन्धान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि सीआईबीले साउन २२ गते यो मुद्दालाई प्राप्त गरेको थियो ।