काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र उहाँकी श्रीमतीलाई कोरोना संक्रमण भएको छ ।
मन्त्री ढकालले सामाजिक संञ्जाल फेसवुक मार्फत आफु र श्रीमतीलाई संक्रमण पुष्टि भएको जानकारी दिदै आफुहरुसँग सम्पर्कमा आउनुभएका सबैलाई सावधानी अपनाउन आग्रह समेत गर्नुभएको छ ।
मन्त्री ढकालले आफूहरुको अवस्था सामान्य रहेको र होम आइसोलेसनमै रहेको जानकारी गराउनु भएको छ ।








