• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

साइबेरियामा रुसी विमान आकस्मिक अवतरण, १६५ जनाको जीवन जोगियो



दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० आज बिहान साइबेरियाको खेतमा आपतकालीन अवतरण गरिएको छ ।

रुसी अधिकारीहरूले नोवोसिबिर्स्क क्षेत्रको जङ्गल नजिक अवस्थित एक मैदानमा उरल एयरलाइन्सको एयरबस ३२०विमानलाई चालक दलका सदस्यले आकत्पालीन अवतरण गरेका जनाउँदै विमानमा रहेका सबैजना सकुशल रहेका बताएका छन् ।

“सोची–ओम्स्क ‘रुट’मा उडिरहेको उराल एयरलाइन्सको एयसबस ३२० विमानको आपत्कालीन अवतरण सफलतापूर्वक सम्पन्न भयो । सबै यात्रीलाई नजिकैको गाउँमा राखिएको छ । उनीहरूमध्ये कसैलाई पनि चिकित्सा सहायता आवश्यक परेको छैन,”मस्कोको नागरिक उड्डयन निकाय रोजाभिएट्सियाले एक विज्ञप्ति निकालेर भनेको छ ।

रुसको अनुसन्धान समितिले हवाई ट्राफिक सुरक्षा नियम उल्लङ्घन गरेकोमा उरल एयरलाइन्सविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ । समितिका अधिकारीहरूले विमान अवतरण गरिएको स्थानको प्रारम्भिक अनुसन्धान थालिसकेका छन् ।

विमान कम्पनी उरल एयरलाइन्सले भने प्राविधिक समस्यका कारण आपत्कालीन अवतरण गरेको बताएको छ । उरल एयरलाइन्स येकातेरिनबर्ग शहरमा प्रधानकार्यालय रहेको रुसको आन्तरिक विमान सेवा कम्पनी हो ।

युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्रले रुसमाथि लगाएका कठोर प्रतिबन्धका कारण उसको उड्डयन क्षेत्रमा ठूलो असर परेको छ । उड्डयन उद्योगलाई आवश्यक पर्ने उपकरण तथा पुराना विमान मर्मतका गर्न चाहिने नयाँ पार्टपुर्जाको अभावमा मस्कोले नागरिक उड्डयन ठूलो समस्या झेलिरहेको छ । AFP