• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

मंगलवारदेखि भृकुटीमण्डपमा ‘नाडा अटो शो, २०२३’ शुरु



मंगलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला ’नाडा अटो शो, २०२३’ शुरु भएको छ ।

नाडाको १५ औँ संस्करणको अटो शोको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गर्नुभएको हो । कोभिड–१९ पछि तीन वर्षको अन्तरालमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल अटो शोको आयोजना गरेको हो । उक्त अटो शोमा चार पाङ्ग्र्रे, दुई पाङ्ग्रे सवारी ब्राण्डसहित अन्य अटो कम्पोनेण्ट, टायर, लुब्रिकेन्ट तथा स्पेयर पार्टस्सहित १२० स्टलहरु रहेका छन् । जसमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको समेत स्टहरु राखेर सहभागिता जनाएका छन् ।

मेलामा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहेको छ । मेलामा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ ।

भदौ २६ देखि ३१ गतेसम्म ६ दिन चल्ने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ताहरूले शोको अवलोकन गर्ने र २० अर्ब रुपैयाँ बढीको व्यापार हुने नाडाले जनाएको छ । अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ ।