१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

फुटबलका फ्यान नेम्वाङ

फुटबलका फ्यान  नेम्वाङ
स्व. सुवासचन्द्र नेम्बाङ (फाइल फोटो)
अ अ+ अ-

गण्डकी । कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भन्नुभएको थियो, “मलाई सारै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।”

नभन्दै भयो पनि त्यस्तै । गत वर्ष कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक हुनुहुन्थ्यो । सार्वजनिक मञ्चमा बेला–बेला फुटबलको प्रसङ्ग उप्काउनुहुन्थ्यो । अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उहाँलाई मन पर्ने खेलाडीमा पर्थे ।

नेकपा ९एमाले० भित्रको विवाद उत्कर्षमा थियो । त्यही बेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो । यो विसं २०७८ असारतिरको कुरा हो । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक हुनुहुुन्थ्यो नेम्वाङ ।

घन्टौँसम्म बसेको कार्यदलको बैठकबारे उहाँले त्यो बेला सञ्चारकर्मीसँग भन्नुभएको थियो, “बिहान ८ बजे नै सुखद् समाचार दिन्छौँ भनेका थियौँ, सो खालको परिस्थिति बनेन, सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ, त्यसकै लागि ११ घन्टादेखि प्रयत्न जारी छ, छलफल सकारात्मक रुपमै अगाडि बढेको छ, सहमति बन्नेमा म विश्वस्त छु ।”

सोही दिन युरोकपको उपाधिका लागि इङ्ल्याण्ड र इटाली भिडेका थिए । इङ्ल्याण्डलाई पराजित इटालीले युरोकप जित्यो । सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताउनुभएका नेम्वाङले उक्त फाइनल खेल हेर्न पाउनुभयो या भएन त्यो त अब अनुमान मात्र गर्न सकिने विषय भयो । सोही दिन १० बुँदे सहमति त भयो यद्यपि एमालेको विभाजन भने रोकिएन ।

माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले । पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्साउँथ्यो । नेम्वाङ कुनैताका फुटबल खेल्नुहुन्थ्यो । पार्टी र राजकीय कामको चटारोमा पनि उहाँ राष्ट्रियरअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्नुहुन्थ्यो ।

विद्यालय उमेरबाटै उहाँ फुटबलमा आकर्षित हुनुहुन्थ्यो । सञ्चारकर्मीसँगको कुराकारीमा उहाँले इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउने गर्नुहुन्थ्यो ।

काठमाडौँ आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्ने गर्नुहुन्थ्यो । पहिलो दक्षिण एसियाली फुटबलमा नेपालले भारतलाई हराएको क्षण उहाँका लागि कहिल्यै बिर्सन नसक्ने क्षणका रुपमा रहेको थियो । संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उहाँले फुटबल हेर्नेगर्नुहुन्थ्यो ।

विश्व फुटबलमा उहाँलाई सबैभन्दा मनपर्ने क्लब बार्सिलोना थियो । जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेस्सीले १७ वर्ष बिताएका थिए । दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पिएसजी गएपछि आफ्नो रोजाइ पनि पिएसजी हुन पुगेको नेम्वाङले बताउनुहुन्थ्यो । राति १२/१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उहाँले सुनाउनुहुन्थ्यो ।

कुशल राजनीतिज्ञको छवि बनाएर एकाएक अस्ताउनुभएका दिवङ्गत नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो । राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उहाँले देखाउनुभएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गथ्र्यो ।

संविधानसभा अध्यक्ष, पूर्वसभामुख, एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण गएराति काठमाडौँमा निधन भएको थियो । इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ एमाले संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो । नेपाली राजनीतिमा नेम्वाङ शालीन, भद्र र परिपक्क नेताको रुपमा सधैँ चिनिनुभयो ।

विसं २००९ मा आमा अपिन्द्रकुमारी र बुबा रामबहादुर नेम्वाङका सुपुत्रका जन्मनुभएका उहाँ संविधान र कानूनका ज्ञातासमेत हुनुहुनथ्यो । राजनीतिमा सहमति र सहकार्यको संस्कृतिलाई स्थापिन गर्नमा अगुवाइ गर्नुहुने नेम्वाङ विसं २०५६ देखियता लगातार इलाम–२ बाट निर्वाचित हुनुभएको थियो । दिवङ्गत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ । रासस