काठमाडौ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ ।
कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उहाँको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । अक्सिजनकोहाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रु पमा सुधार भइरहेको छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ ।








