९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

‘संविधान सभाको पर्यायवाची नेम्वाङ’

‘संविधान सभाको पर्यायवाची नेम्वाङ’
अ अ+ अ-

काठमाडौँ । मंगलवार बिहान निधन हुनुभएका संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय च्यासलमा राखिएको छ ।

उहाँप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पुगिराख्नुभएको छ । नेम्वाङलाई श्रद्धाञ्जली दिन पुग्नुभएका नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उहाँ नेपाली राजनीतिमा अत्यन्तै सन्तुलनकारी भुमिका खेल्ने व्यक्ति भएको बताउनु भयो । नेम्वाङ संयमित ढंगले प्रतिकुलताहरुलाई अनुकुलतामा बदल्ने नेताको रुपमा रहेको पोखरेलले उल्लेख गर्नुभयो । पार्टीभित्र नेम्वाङलाई सम्मानका साथ हेरिने गरेको उहाँले बताउनु भयो । नेम्वाङ जहिल्यैपनि समस्याहरुलाई सुल्झाउनेगरी प्रश्तुत हुने गरेको उहाँले स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘उहाँको अत्यन्त सन्तुलनकारी भुमिका, मृदुभाषी र संयमित ढंगले प्रतिकुलताहरुलाई अनुकुलतामा बदल्ने कोशिस गर्ने नेताको रुपमा मैले बुझ्दछु । राष्ट्रिय राजनीतिमा खासगरी जनताका निर्वाचित प्रतिनिधिहरुबाट संविधान निर्माण गर्ने क्रममा जुन ऐतिहासिक भुमिका उहाँले खेल्नुभयो त्यो स्मरणिय छ । ऐतिहासिक महत्व राख्ने भुमिका छ । यसलाई हामी कहिल्यै भुल्न सक्दैनौँ । उहाँलाई पार्टीमा सम्मानका साथ हेरिन्थ्यो । बुझिन्थ्यो । उहाँको भुमिकापनि प्रतिकुलताहरुमा, अपm्ठ्यारो क्षणहरुमा उहाँ जहिल्यैपनि सन्तुलनकारी भएर प्रश्तुत हुनुभयो । समस्यालाई सुल्झाउने दृष्टिकोण जहिल्यैपनि राख्ने । समस्या परेको बेलामा बल्झाउने होइन सुल्झाउने हिसावले प्रश्तुत हुने उहाँको चरित्र थियो ।’

त्यस्तै पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू सभामुख रहेका बखत नेम्वाङसँग दैनिक छलफल गर्ने गरेको बताउनु भयो । उहाँले नेम्वाङले रचनात्मक, सिर्जनात्मक र परिपक्व सल्लाह दिने गरेको स्मरण गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको पुन:गठनको आवश्यकता भएको बेलामा नेम्वाङजस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपरेको भन्दै दु:ख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म सभामुख हुँदाखेरी दिनदिनै मैले उहाँसँग छलफल गर्थें । सधैँभर उहाँले रचनात्मक, सिर्जनात्मक खालको परिपक्व सल्लाह दिनुहुन्थ्यो । यस अर्थमा मलाई सच्चा मित्र, देशको संवैधानिक कानूनको ज्ञाता र असल राजनीतिज्ञ गुमाएको अनुभुत भएको छ । अहिले कम्युनिष्ट पार्टीको पुन:गठनको आवश्यकता महशुस भइरहेको बेलामा त्यस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपर्दा म स्तब्ध छु ।’

नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले सुवास नेम्वाङ संविधानसभाको पर्यायवाचीको रुपमा रहनुभएको बताउनु भयो । नेम्वाङ एउटै कम्युनिष्ट आन्दोलन र एउटै कम्युनिष्ट पार्टी चाहने व्यक्ति भएको पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘संविधान सभाको एउटा पर्यायवाचीको रुपमा चिनिने व्यक्तित्व र नेतृत्व हो । अझ उहाँको शालिन, सौम्य, बौद्धिक व्यक्तित्व चाहीँ विशेष ढंगले स्मरणिय छ । हाम्रो संविधान भन्नेबित्तिकै सुवास नेम्वाङ जोडिएर आउनुहुन्छ । उहाँको अप्रत्यासित मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्छु । उहाँ एकीकृत कम्युनिष्ट आन्दोलन, एउटै कम्युनिष्ट पार्टी चाहाने व्यक्तित्व हो । हाम्रो आन्दोलनमा उहाँको भुमिका सम्झिरहने छौँ ।’

नेकपा(एमाले)का सांसद सूर्य थापाले सुवास चन्द्र नेम्वाङले राष्ट्रिय राजनीतिमा आफूलाई सहमतिको मियोको रुपमा प्रश्तुत गर्नुभएको बताउनु भयो । नेम्वाङले तमाम खालका द्वन्द्व र विमतिहरुलाई सहमतिका साथ निचोड र निष्कर्षमा पुर्‍याउने कामको नेतृत्व गर्नभएको उहाँले बताउनु भयो । समकालिन राजनीतिमा नेम्वाङजस्तो अर्को पात्र नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘उहाँले राष्ट्रिय राजनीतिमा आफूलाई विमत्तिका बिच सहमतीको मियोको रुपमा प्रश्तुत गरेर खासगरी तमाम खालका द्वन्द्व र विमतीहरुलाई पनि सहमतिका साथ निचोड र निष्कर्षमा पुर्‍याउने कामको नेतृत्व गरेर अगाडी बढ्नुभएको छ । समकालिन राजनीतिमा उहाँको यो व्यक्तित्वको क्षतिपूर्ति गर्नसक्ने अर्को पात्र हामीले देख्न सकिरहेका छैनौँ । लामो समयसम्म उहाँको यो अभाव खड्किइरहने छ ।’

नेम्वाङबाट संसदीय राजनीतिको सम्बन्धमा आफूजस्ता नयाँ सांसदहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको उहाँले बताउनु भयो ।