• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

‘एक भगवत् र एक गीता’ले पायो प्रदर्शन अनुमति, सबै वर्गका दर्शकले हेर्न पाउने



काठमाडौं । झरना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ले प्रदर्शन अनुमति पाएको छ ।

लामो धार्मिक विवादपछि केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै वर्गका दर्शकले हेर्न पाउने गरी ‘युनिभर्सल’ प्रमाणपत्र दिएको हो ।

चलचित्रको नामलाई लिएर हिन्दु धार्मिक संस्थाले विरोध जनाएपछि चलचित्रको सेन्सर प्रक्रिया रोकिएको थियो । आइतबार बोर्डमा धार्मिक संस्थाहरु र निर्माण टीमबीचको छलफलमा फिल्मको नाम परिवर्तन गर्ने भएपछि सहमती जुटेको थियो ।

छलफलले फिल्मको पूरानो नाम परिवर्तन गरी ‘एक भगवत र एक गीता(सामाजिक कथा)’ नाममा सहमति जुटाएसँगै बोर्डले सेन्सर सिफारिस प्रदान गरेको हो ।

भदौ २९ बाट रिलिजको तयारीमा रहेको चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगर शीर्ष भूमिकामा छन् ।