• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

नेम्वाङ मेरा लागि पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी र साथी: अध्यक्ष ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदु:खको साथी भएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै भन्नुभएको छ, “लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !”

एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष नेम्वाङको हृदयाघातबाट गएराति निधन भएको हो । रासस