• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

दिवंगत नेम्बाङको अन्त्येष्टी बुधबार मात्र गर्ने परिवारको तयारी



काठमाडौं: हृदयाघातका कारण मंगलबार राति निधन हुनु भएका संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलि बुधबार मात्रै दाहसं‌स्कार गरिने भएको छ । नेम्बाङका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार गरिने एमाले निकट नेताहरुले बताएका छन् ।

दिवंगत नेम्वाङका भाइ सुरेश नेम्वाङका अनुसार जेठो छोरा मिङ्सो नेम्वाङ बेलायतबाट र कान्छो छोरा सुहाङ अष्ट्रेलियाबाट नेपाल आएपछि मात्र दाहसंस्कार गरिने छ । उनीहरु दुबै भोलिसम्ममा नेपाल आइपुग्दैछन् ।

तर नेता नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा आजै राखिने एमालेको तयारी छ ।

नेम्वाङलाई गएराति आफ्नै बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएको थियो । परिवारका सदस्यहरुले हृदयाघात भएको थाहा पाएलगत्तै त्रिवि शिक्षण अस्पताल लगे पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । नेम्बाङको निधनको खबर पाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख र अन्य नेता, कार्यकर्ता र शुभेच्छुकहरुले अस्पताल पुगेका थिए ।