• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   ७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण ★   स्वास्थ्यमा सुधार नआएपछि कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी ★   मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छ: उपाध्यक्ष शाक्य ★   संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्रीलाई हस्तान्तरण ★   टीओआरमा ४ बुँदे सहमति (पूर्णपाठसहित) ★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

भारी मन सहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास’- माधब नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

नेता नेपालले सामाजिक संञ्जालमा लेख्नुभएको छ

हार्दिक श्रद्धान्जली कमरेड सुवास !

संविधानसभाका अध्यक्ष, नेकपा (एमाले) का उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य एवम् म सँग लामो राजनीतिक सहकार्य गर्नभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो ।

एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा रूपमा विद्यार्थी राजनीति हॅुदै कोअर्डिनेशन केन्द्र, नेकपा (माले) र नेकपा (एमाले) पार्टी निर्माण एवम् विस्तारमा उहॅाले लिनुभएको पहलकदमी, खेल्नुभएको भूमिका, दिनुभएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मेरो मानसपटलमा ताजै रहेका छन् । केवल पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाजको रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने मान्यता सहित सिंगो जीवन नै संघर्षमा होम्नुभएका कमरेड नेम्बाङसंग राजनीतिक र सामाजिक जीवनका अनेकौं सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू संझिएको छु र उहॅाको भूमिका प्रति उच्च सम्मान प्रकट गर्दछु ।

कमरेड नेम्वाङको पार्थिक शरीर भएको स्थान त्रि.वि. शिक्षण अस्पताल र उहॅाको निवासमा पुगेर पार्थिक शरीर एवम् परिवारजनलाई भेटेर भर्खर फर्किदै छु, जन्मपछि मुत्यु सास्वत सत्य भएपनि अकस्मात र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मन सहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास’ ! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना १