२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुग्यो



अ+ अ-

एजेन्सी । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ ।

भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरु अझै जीवित मानिसको खोजिमा जुटेका छन् । उद्धारकर्ताहरु सबैभन्दा प्रभावित क्षेत्रमा पुग्न अझै नसकेको बताइएको छ । भूकम्पका कारण सडक र पुलहरु अवरुद्ध भएका थिए । भूकम्पले बढी प्रभावित भएको सानो शहर अमिज्मिजमा जताततै भूकम्पले प्रभावित भग्नावशेष रहेको बताइएको छ ।

मुख्य सडकको छेउमा रहेको खुला ठाउँमा स्थानीय बासिन्दाहरुलाई विश्राम गर्नको लागि अस्थायी टेन्टहरु राखिएको छ । अहिलेसम्म उनीहरुले पराकम्पको डरका कारण सडकमै रात बिताइरहेका छन् ।

रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ । अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन् ।