१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: धरौटी तिर्न नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो। उक्त धरौटी रकम तिर्न नसकेपछि उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका हुन् ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो । जसमध्ये एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो ।

अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो । उनी उक्त रकम बुझाएर आइतबार राति नै छुटेका थिए । गुरूङसहित बाँकि सबै जना छुटिसकेका छन् । अमिन श्रेष्ठले पनि पछि धरौटि रकम बुझाए छुट्नेछन् । रकम नबुझाएको खण्डमा मुद्दाको फैसला नभईन्जेलसम्म कारागार मै बस्नुपर्ने हुन्छ ।

सरकारी वकिल कार्यालयले उनीहरुमाथि ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा ल्याएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।