१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘साम्बा’ आज स्वदेश फर्कँदै



file photo
अ+ अ-

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी आज स्वदेश फर्कने भएकी छिन् ।

सावित्रा घुँडामा लागेको चोटको उपचारका लागि कतार गएकी थिइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा मंगलबार साँझ ७ः३५ मा नेपाल आइपुग्ने जानकारी दिएको छ । 

राष्ट्रिय टिमकी मुख्य फरवार्ड सावित्राले महिला लिग दौरान चोट बोकेपछि कतारको दोहास्थित अस्पेटार अस्पतालमा सावित्राको चोटको सफल शल्यक्रिया गरिएको थियो । 

विभागीय टिम एपीएफबाट खेल्ने क्रममा सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो ।

एन्फाको पहल र कतार फुटबल संघको सहयोगमा सावित्राको उपचार अस्पेटार अस्पतालमा गरिएको हो ।

यसअघि एन्फाकै पहलमा राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामा र फरवार्ड बिमल घर्तिमगरले कतारमा उपचार गरेका थिए ।