८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता



अ+ अ-

काठमाडौँ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार सात सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वान्दो सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि नेपाली खेलाडीमात्र भाग लिने यस प्रतियोगितामा पहिलो पटक भारत र बङ्गलादेशका खेलाडीले सहभागिता जनाउनेभएका छन् । भारतबाट ३५ र बङ्गलादेशबाट ३३ खेलाडीले भाग लिने आयोजक सङ्घले जनाएको छ ।

उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ३५ लाख खर्च लाग्ने आयोजकको भनाइ छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा आयोजना हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने आयोजक सङ्घले जनाएको छ । रासस