२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यती यती र भाटभटेनी मात्रै भन्छन्– ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले उद्योगपतिलाई छानीछानी लखेटेको आरोप लगाएका छन् ।

आईतबार एमाले निकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भाटभाटिनीका सञ्चालक मीनबहादुर गुरुङलाई देखिनसहेको आरोप लगाएका हुन् ।

‘त्यो मीनबहादुर गुरुङलाई किन समात्या ? किन कारबाही गर्‍या रु पाँचछ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, भएका मान्छेसँग किन्यो त ? अनि सरकारी जमिनलाई आफ्नो बनाउन लाग्ने, लगाउने भ्रष्टाचार गर्ने त तिनीहरु हुन् नि !, ‘ओलीले भने, ‘ती ठूला कुरा गर्ने तर, सरकार अड्डामा गएर जग्गा किनेका मान्छेलाई कारबाही गर्ने ? मीनबहादुर गुरुङ सबै तिनीहरु बाँडेर खाउँ भनेर छाडेर हिँड्यो ? होइन त्यो कतातिर भारी बोकेर हिँड्ने गुरुङ, यत्रो भाटभटेनी चलाएर पुँजीपति हुने भनेर देखी सकेनन् ।’

ओलीले गायत्री मन्त्र नजप्ने माओवादीले यती होल्डिङ्सलाई खेदेको टिप्पणी गरे । मिहेनत गरेर खानेलाई सरकारले देखिनसहेको बताउदै उनले भने,‘सोलुको एउटा बच्चा भारी बोकेर हिँड्थ्यो त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाको छ । पर्यटन, होटल पनि चलाएको छ । गर्न पाइन्छ भारी बोकेर हिँड्ने शेर्पाले ? अहिले माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यती यती, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरिखायो ? खान दिनु हुँदैन मात्रै भन्छन् ।’