४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छ: गृहमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताउनुभएको छ ।

शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताउनु भयो ।

आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताउनु भयो । उहाँले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो बहुजातिय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यसको विशेषता भनेको विविधता बीचको एकता हो । यसको आफ्नै मौलिक पहिचान छ । धार्मिक र सांस्कृतिक जातिय सद्भाव र सहिष्णुता यसको मौलिक विशेषता हो । यो समाज सही सहिष्णुता सहित यो अघि बढीरहेको छ । यसको मौलिक विशेषता हो । हामीले एकातिर जातिय, मौलिक भाषिक, धार्मिक, लैङ्गिक उत्पीडनलाई अन्त्य गरेर पहिचान, अधिकार र विकासको पक्षमा संघर्ष गर्‍यौँ । त्यसको सन्दर्भमा धेरै उपलब्धी पनि हासिन गरेका छौँ । अझै हामीले त्यसलाई बेलामा सुनिश्चित गर्नु त छँदैछ ।

तर आज नेपालको यो विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँ कतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैन ? हामी सबै सचेत हुनुपर्ने आवश्यकता छ । आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको छ । हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ । प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ । त्यसको निम्ति संगठित हुनुपर्छ । त्यस्तै अरुको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ । हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न पाओस् । परास्त गर्न सफल हुनुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको उल्लेख गर्नुभयो । उहाँले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको छ । यही आधारमा हामीले काम गरिरहेका छाँै । तपाईहरुले देख्नुभएको छ, सरकारले भ्रष्टाचारबिरोधी ठूलाठूला अभियान, दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको छ । आम जनसमुदायबाट व्यापक समर्थन प्राप्त भएको छ । यसलाई बिराम नलिइकन अघि बढाउनेछौँ । यो वास्तवमा नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास गर्नुछ, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने छ ।

नेपाली जनताको दैनिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुछ । आज ३० लाख भन्दा बढी संख्यामा रहेका खाडी मुलुकमा मलेसियामा रहेका श्रमीक नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आमाबुबाको काखमा, बालबच्चाको साथमा आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु छ । त्यसैले आजको हाम्रो मुल कार्यभार समृद्धिको कार्यभार हो । समृद्धिको कार्यभार पूरा गर्न सरकारले कमीसन खोर र भ्रष्टाचारको जुन जालोले देशलाई जर्जर बनाएको छ, सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न सकिँदैन ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आफन्तको, बालबच्चाको साथमा र आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न नसकिने बताउनु भयो ।