८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छ: गृहमन्त्री

नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छ: गृहमन्त्री
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताउनुभएको छ ।

शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताउनु भयो ।

आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताउनु भयो । उहाँले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो बहुजातिय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यसको विशेषता भनेको विविधता बीचको एकता हो । यसको आफ्नै मौलिक पहिचान छ । धार्मिक र सांस्कृतिक जातिय सद्भाव र सहिष्णुता यसको मौलिक विशेषता हो । यो समाज सही सहिष्णुता सहित यो अघि बढीरहेको छ । यसको मौलिक विशेषता हो । हामीले एकातिर जातिय, मौलिक भाषिक, धार्मिक, लैङ्गिक उत्पीडनलाई अन्त्य गरेर पहिचान, अधिकार र विकासको पक्षमा संघर्ष गर्‍यौँ । त्यसको सन्दर्भमा धेरै उपलब्धी पनि हासिन गरेका छौँ । अझै हामीले त्यसलाई बेलामा सुनिश्चित गर्नु त छँदैछ ।

तर आज नेपालको यो विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँ कतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैन ? हामी सबै सचेत हुनुपर्ने आवश्यकता छ । आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको छ । हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ । प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ । त्यसको निम्ति संगठित हुनुपर्छ । त्यस्तै अरुको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ । हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न पाओस् । परास्त गर्न सफल हुनुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको उल्लेख गर्नुभयो । उहाँले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको छ । यही आधारमा हामीले काम गरिरहेका छाँै । तपाईहरुले देख्नुभएको छ, सरकारले भ्रष्टाचारबिरोधी ठूलाठूला अभियान, दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको छ । आम जनसमुदायबाट व्यापक समर्थन प्राप्त भएको छ । यसलाई बिराम नलिइकन अघि बढाउनेछौँ । यो वास्तवमा नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास गर्नुछ, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने छ ।

नेपाली जनताको दैनिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुछ । आज ३० लाख भन्दा बढी संख्यामा रहेका खाडी मुलुकमा मलेसियामा रहेका श्रमीक नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आमाबुबाको काखमा, बालबच्चाको साथमा आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु छ । त्यसैले आजको हाम्रो मुल कार्यभार समृद्धिको कार्यभार हो । समृद्धिको कार्यभार पूरा गर्न सरकारले कमीसन खोर र भ्रष्टाचारको जुन जालोले देशलाई जर्जर बनाएको छ, सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न सकिँदैन ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आफन्तको, बालबच्चाको साथमा र आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न नसकिने बताउनु भयो ।