• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

पाकिस्तानविरुद्ध गिलको अर्धशतक



एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतका ओपनर शुभमन गिलले अर्धशतक बनाएका छन् ।

कोलम्बोस्थित आर प्रेमदासा मैदानमा टस हारेर ब्याटिङ थालेको भारतका लागि गिलले ३७ बलमा अर्धशतक बनाएका हुन् ।

उनले १० चौका प्रहार गरे । उनको यो लगातार दोस्रो अर्धशतक हो ।

यो समाचार तयार पार्दासम्म भारत १२.३ ओभरमा विकेट नगुमाई ८० रनको स्थितीमा छ । हाल क्रिजमा गिलसँगै कप्तान रोहित शर्मा छन् ।