५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

बिपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउँछौँ: देउवा

बिपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउँछौँ: देउवा
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउनुभएको छ ।

आईतवार संस्थापक नेता बिपी कोईरालाको ११० आँै जन्म जयन्तीमा उहाँलाई स्मरण गर्दै उहाँले बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडिरहेको बताउनुभएको हो ।

उहाँले आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सभापति देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै नभइ अनुकरण पनि गर्दै आएको दाबी गर्नुभयो । उहाँले आफ्नो राजनीतिक प्रेरणाको स्रोत बिपी नै रहेको बताउनु भयो । उहाँले आज नेपाली काँग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मुल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताउनु भयो ।

उहाँले समयको अन्तरालसँगै आज मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको गुनासो गर्नुभयो । सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भएपनि यसको मर्म अनुसार अभ्यास गर्न नपाएको बताउनु भयो । उहाँले नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टी र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिनसक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उहाँको विचारलाई हरेक पुस्ताका नागरिकहरू बीच पर्याप्त वहस र छलफल गराउन नसक्नु आफूहरुको कमजोरी रहेको बताउनु भयो । सभापति देउवाले बिपी राष्ट्रिय मात्रै नभइ अन्र्तराष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज बिपी कोईरालाको ११० औँ जन्म जयन्तीमा उहाँलाई स्मरण गर्दै उहाँले प्रतिपादन गरेका राजनीतिक विचार, उहाँका साहित्यिक कृतिहरु, उहाँले भोग्नुपरेका संघर्षमय जीवन गाथाहरू र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक साँस्कृतिक दृष्टिकोण लगायतका विधि पक्षमा विशिष्ठ ज्ञान भएका विद्वान वुद्धिजीवीहरुबाट चर्चा वहस गराई आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्ने यो महोत्सवको उद्देश्य रहेको छ । बिपी आफैँमा बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षेत्रको रुपमामा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिँडेका छौँ ।

मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौँ, प्रयत्न गरिरहेका छौँ भने नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन् । यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनुभएन, जतिले पाउनुभयो, जति समय पाउनुभयो उहाँहरुले पक्कै पनि आफ्नो विचारमा, दृष्टिकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको छ । मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ । उहाँ साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा, उहाँले आफैँ भन्नुहुन्थ्यो कि तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग निकट देखिनुहुन्छ भने आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई पनि आवश्यक ठान्नुहुन्छ ।

सामन्तवादका बिरूद्ध तत्कालिन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै उहाँले अपूर्ण देख्नुभयो । अनि प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नुभयो “साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ ।” आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको छ । समयको अन्तरालसँगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको छ तर विभिन्न कारणले स्थायित्व पाएको छैन । नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेका छौं तर यसको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौं ।

नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टी र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिनसक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उहाँको विचारलाई हरेक पुस्ताका नागरिकहरू बीच पर्याप्त वहस र छलफल गराउन नसक्नु हाम्रा पनि केहि कमजोरीहरू रहेका छन् । बिपी राष्ट्रिय मात्रै होइन अन्र्तराष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थो, सबै किसिमका विभेद विरूद्ध आगो ओकल्नु हुन्थ्यो । समावेशीता र सधैँ नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झैँ उभिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा उहाँ सवैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नुु हुन्थ्यो भने राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मीत्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु हुन्थ्यो र निर्णय गराईछाड्नु हुन्थ्यो ।’

सभापति देउवाले अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बिपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्दै राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मित्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नुहुने व्यक्ति रहेको बताउनु भयो । बिपी कोईरालाको ११० औं जन्मजयन्तीको अवसरमा ११० वटा बेलुन उडाएर बिपी जयन्ती मनाइएको छ । बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । महोत्सवमा १५ सेसन चल्नेछन् । लेखक अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनका बारेमा बोल्नेछन् ।