५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा चीनद्वारा निर्मित १७२ किलोमिटर लामो रेल मार्ग सञ्चालनको तयारीमा



तस्बिर: सिन्ह्वा
अ+ अ-

काठमाडौँ । बंगलादेशमा चीनद्वारा निर्मित पद्या पुल हुँदै बनेको मेगा रेल्वे अर्को महिना उद्घाटन हुने भएको छ ।

चीनद्वारा निर्मित यात्रुवाहक डिब्बासहितको रेल्वे सेवा नवनिर्मित रेल लाइनमा सञ्चालन गरी परीक्षण गरिएको हो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतको १७२ किलोमिटर लामो रेलमार्ग चाइना रेल्वे ग्रुप लिमिटेड (सिआरईसी) ले निर्माण गरेको हो ।

यसमा एक्सपोर्ट—इम्पोर्ट बैंक चाइनाको लगानी छ । रेलमा बंगलादेशका रेलमन्त्री नुरुल इस्लाम सुजन, वरिष्ठ अधिकारी, सांसद र पत्रकारहरु सवार थिए । बंगालादेश र चीन बीचको आर्थिक सम्बन्ध राम्रँे रहेको र भविष्यमा अझै सहयोग हुने अपेक्षा गरेको बंगाली सांसद सैफुज्जमान शिखरले बताउनु भयो ।

उहाँले बंगलादेशका लागि यो क्षण ऐतिहासिक भएको भन्दै विगतको सपना अहिले पूरा भएको बताउनु भयो ।

त्यस्तै साढे ५ वर्ष पछिको मेहनतबाट आयोजना सफल भएकोमा पद्या रेल लिंक परियोजनाका परियोजना निर्देशक शि युआनले खुशी व्यक्त गर्नुभयो । उहाँले शनिवार रेलमार्ग परीक्षण गरेको र अर्को महिनाबाट उद्घाटन हुने बताउनु भयो । शनिवार ६ सय यात्रु बोकेर रेल गन्तव्यमा पुगेको थियो । १७२ किलोमिटर पार गर्न करिव २ घण्टा लाग्ने बताउनु भयो ।

रेल्वे सञ्चालनपछि बंगलादेशको आर्थिक विकासलाई बढावा दिने विश्वास उनीहरुको छ ।




भर्खरै