१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सर्वसाधारणहरुले आफुसँग भएको अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह- औद्योगिक क्षेत्र अध्यक्ष बस्नेत (भिडियो सहित)

सर्वसाधारणहरुले आफुसँग भएको अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह- औद्योगिक क्षेत्र अध्यक्ष बस्नेत (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल गर्नुभएको छ । कोरोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्वसाधारणहरुले आफुसँग भएको अक्सिजन सिलिण्डर फिर्ता नगरेपछि अहिले अभाव देखिएको हो । 

अक्सिजनको सिलिण्डर व्यक्तिको घरमा, जलविद्युत आयोजनामा ठुला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा सिलिण्डर जगेडा रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सिलिण्डर घरमा राख्ने सबैले कम्पनीमा फिर्ता गरिदिनुस् । यसले मान्छेको ज्यान बचाउँछ । यो ठुलो दान गरे सरह हो । यस्तो बेला सिलिण्डर घरमा राख्नु भनेको अपराध हो । सिलिण्डरको अभावले कोही मान्छे छट्पटाएर मर्ने अवस्था आयो भने पाप गरे सरह हुन्छ ।’

यस्तै अध्यक्ष बस्नेतले ठुला ठुला जलविद्युत आयोजनामा पनि अक्सिजन सिलिण्डरको ठुलो भण्डारण रहेकोले फिर्ता ल्याउनुपर्ने बताउनुभयो । ठुला आयोजनामा फलाम काट्न, जोड्न अक्सिजनको आवश्यकता पर्छ । उहाँले भन्नुभयो – ‘अधिकांश जलविद्युत आयोजनामा अक्सिजनका सयौँ सिलिण्डर होल्ड भएर बसेको छ । ति सबै सिलिण्डर फिर्ता गर्नुपर्छ । मान्छेको जीवन बचाउनु अहिलेको पहिलो काम हो ।’

अहिले अक्सिजन उत्पादन गर्ने उद्योगहरुले आफ्नो उत्पादन अस्पताललाई मात्र दिनुपर्ने अध्यक्ष बस्नेतले बताउनुभयो । अक्सिजन उत्पादन उद्योगहरुलाई सरकारले गर्नुपर्ने सबै सहयोग गरिने पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।