२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा अन्तिम संस्कारमा सहभागीहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिणी टर्कीको कहरमनमारस प्रान्तमा अन्तिम संस्कारमा सहभागी भएका मानिसहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

कहरामनमारस–अण्डिरिन राजमार्गमा अन्तिम संस्कारमा सहभागी उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

टर्कीमा सडक सुरक्षा कमजोर छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष एक लाख ९७ हजार भन्दा बढी सवारी दुर्घटनामा ५ हजार २ सय २९ जनाले ज्यान गुमाएका थिए ।