४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सले काठमाडौं–छिङ्डाओ उडान शुरु गर्दै



अ+ अ-

काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गर्ने भएको छ ।

आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्द मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेको खुशी व्यक्त गर्नुभयो । उहाँले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रुपमा नेपाल भित्र्याउनसके र ग्रामिण संस्कृतिको जरासम्म पुर्‍याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताउनु भयो । चीनका विभिन्न शहरबाट पोखराको शहरमा उडान गर्नको लागि चिनियाँ राजदुतसँग आग्रह गर्नुभयो ।

मन्त्री किराँतीले काठमाडौं—पोखरा—चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।