• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

नेपाल सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास दिलाउनू– एमाले



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणमा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन नेकपा एमालेले सुझाव दिएको छ ।

चीन भ्रमणअघि सुझाव संकलन गर्न सिंहदरबारमा छलफल गरेका प्रधानमन्त्रीलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिन सुझाव दिए ।

नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको र प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने उनको भनाई छ ।

नयाँ योजनाहरूका लिस्ट प्रस्तुत गर्नुभन्दा पनि पुरानैमा केन्द्रित रहन जोड दिँदै उपमहासचिव ज्ञवालीले भने, “नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा छ । चीन असल छिमेकी हो । चीनसँगको सम्बन्धलाई हामीले उच्च महत्त्व दिन्छौं भन्ने कुरामा फोकस गर्नका लागि आग्रह गरेको छु । नयाँ नयाँ योजनाहरूका लिस्ट प्रस्तुत गर्नुभन्दा पनि २०१६ देखि २०१९ सम्म उच्च स्तरीय भ्रमणमा भएका समझदारीको कार्यान्वयनका लागि विश्वास जगाउन आग्रह गरेको छु ।”

छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायतगायतको उपस्थिति रहेको थियो ।