६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली- फोटो फिचर



अ+ अ-

काठमाडौं । गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली निकालिएको छ ।

वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए । उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।

नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको र्‍यालीमा सहभागीहरुले बताएका छन् । राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरुले हिन्दु राष्ट्र नै नेपालमा कायम हुनुपर्ने जिकिर समेत गरेका छन् ।