• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपाल र म्यानमारको बराबरी



काठमाडौँ । नेपालले मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरी खेलेको छ । म्यानमारको याङ्गोनस्थित थुवुन्ना स्टेडियममा सम्पन्न खेलमा नेपाल पेनाल्टीमा चुक्दा गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले विफल पारे । नेपालका लागि अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।

पहिलो हाफमा दुवै टिमले केही मौका बनाए पनि दुवै टिमले गोल गर्न सकेका थिएनन् । म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो ।

त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेस्पी जंग कार्कीले राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन् । फिफा वरीयतामा म्यानमार हाल १६० औँ र नेपाल १७५ औँ स्थानमा छन् । दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।