१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो: राजेन्द्र लिङ्देन



अ+ अ-

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाउनुभएको छ । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उहाँले राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाए कर्णालीका अनेकौँ सम्भावनाको ढोका खोल्ने दाबी गर्नुभयो ।

सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूहरुले सत्ता केन्द्रित राजनीति नगर्ने बताउनुभएको छ । पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताउँदै उहाँले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताउनुभयो ।

पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भए पनि अनुसन्धानले तीव्रता नपाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्नका लागि हाम्रो पार्टीका १४ सांसदको साथ चाहिए दिन तयार छौँ ।” सोच र कार्यशैलीमा नवीन, राप्रपा अब नवीन राप्रपा भन्ने कार्ययोजना अनुसार सुर्खेतमा हुने कार्यकर्ता प्रशिक्षणका लागि राप्रपा अध्यक्षसहितका नेताहरु आज सुर्खेत आउनुभएको हो । रासस