• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो: राजेन्द्र लिङ्देन



सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाउनुभएको छ । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उहाँले राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाए कर्णालीका अनेकौँ सम्भावनाको ढोका खोल्ने दाबी गर्नुभयो ।

सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूहरुले सत्ता केन्द्रित राजनीति नगर्ने बताउनुभएको छ । पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताउँदै उहाँले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताउनुभयो ।

पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भए पनि अनुसन्धानले तीव्रता नपाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्नका लागि हाम्रो पार्टीका १४ सांसदको साथ चाहिए दिन तयार छौँ ।” सोच र कार्यशैलीमा नवीन, राप्रपा अब नवीन राप्रपा भन्ने कार्ययोजना अनुसार सुर्खेतमा हुने कार्यकर्ता प्रशिक्षणका लागि राप्रपा अध्यक्षसहितका नेताहरु आज सुर्खेत आउनुभएको हो । रासस