• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

मेस्सीको फ्रि–किकमा अर्जेन्टिनाको जित



एजेन्सी । मेस्सीको फ्रि–किक गोलमा अर्जेन्टिनाले विश्वकप फुटबल छनोटमा विजियी सुरुवात गरेको छ । दक्षिण अमेरिका फुटबल महासंघ (कनमेबोल) अन्तर्गत २०२६ विश्वकप छनोटको पहिलो खेलमा कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको इस्टाडियो मोनुमेन्टालमा शुक्रबार बिहान भएको खेलमा मेस्सीले ७८औं मिनेटमा फ्रि–किक मार्फत गोल गरे। इक्वेडरका काईसेडोले लौतारो मार्टिनेज लाई बक्स बाहिर लडाएपछि अर्जेन्टिनाले सो अवसर पाएको थियो।

यो गोलसँगै मेस्सीको अन्तराष्ट्रिय फुटबलमा १०४ गोल पुगेको छ जुन फुटबल इतिहासमा तेस्रो सर्वाधिक गोल संख्या हो। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १२३ गोल गरेर पहिलो स्थानमा छन् भने इरानको अलि डेइ १०९ गोलसहित दोस्रो स्थानमा छन् ।

यस्तै, कनमेबोल अन्तर्गतको अर्को खेलमा कोलम्बियाले भेनेजुयलालाई १–० गोलअन्तरले पराजित गरेको छ। खेलको ४६ औँ मिनेटमा राफेल सन्तोस बोरेले कोलम्बियाको लागि गोल गरे।

यस्तै, पराग्वे र पेरुबीच भएको अर्को खेल भने गोलरहित बराबरीमा सकिएको छ।