![](https://newspolar.com/wp-content/uploads/2023/09/anjani-kumar-jha.jpg)
काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
झा नेपाली कांग्रेस निकट मानिन्छन् । आयोगको उपाध्यक्षको लागि झासहित तीन जनाको नाम सिफारिश भएको थियो ।