२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र गौशाला–२६ दुवैको उपस्थितीमा फैसला बहस



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला बहस जारी रहेको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस गरिएको हो ।

सरकारी वकिल सुरवीर परियारले बहस सिध्याएका छन् भने वादीपक्षका अन्य वकिलहरुले बहस गर्ने क्रम जारी छ । वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ । आज दुवै पक्षको बहस सकिने सम्भावना भने न्यून रहेको छ । आज सुनुवाइ नसकिएमा हेर्दाहेर्दैमा राखेर उक्त मुद्दा शुक्रवार सुनुवाइ हुनेछ ।

फैसला बहस सुन्न सन्दीप अदालतको इजलासमा उपस्थित भएका छन् । साथै, जाहेरीकर्ता गौशाला–२६ पनि इजलासमा उपस्थित भएकी छन् । बन्द इजलासमा बहस भइरहेकाले असम्बन्धित व्यक्तिहरुलाई भने प्रवेश दिइएको छैन ।

यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि आजलाई पेसी तोकिएको थियो ।