• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री साउदलाई



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी पराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई दिइएको छ ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत इजिप्टको कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन हेल्थ एण्ड डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन गएकाले उहाँको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभारको जिम्मेवारी साउदलाई तोकिएको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर संसद्लाई जानकारी गराउनुभएको थियो ।