• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कोशी प्रदेश सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो



काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको रिटमा जवाफी बहस सकिएको छ ।

मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै एमालेका कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेका रिटमा जवाफी बहस सकिएको हो ।

यस मुद्दाउपर अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए।

मुख्यमन्त्री थापाले गत भदौ ४मा विश्वासको मत लिदा सभाध्यक्षको मतसहित विश्वासको मत प्राप्त गरेका थिए । सोहिविरुद्ध कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

यस मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।