• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

एसिया कपमा सहभागिता जनाएर स्वदेश फर्किए नेपाली टोली-फोटो फिचर



काठमाडौँ । एसिया कपमा सहभागिता जनाएर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरु विश्व क्रिकेटका महारथि देशहरूसँग खेल जित्न नसके पनि प्रशंसा र क्रिकेट प्रेमिमाझ नाम चिनाएर आएका छन् ।

खेलाडीलाई स्वागत गर्न क्यानका पदाधिकारी र क्रिकेट समर्थकहरू बजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुलाई दोसल्ला र माला लगाएर भव्य स्वागत गरिएको थियो ।

प्रतियोगितामा नेपालले पहिलो खेल विश्व क्रिकेटको नम्बर वान टोली पाकिस्तानसँग मुल्तानमा खेलेको थियो । नेपाल उक्त खेलमा  २ सय ३८ रनले पराजित भएको थियो । त्यसपछि नेपाल दोस्रो खेल खेल्न श्रीलङ्का गएको थियो ।

श्रीलङ्काको क्यान्डीमा भएको भारतसँगको खेलमा नेपालले आफ्नो उत्कृष्ट ब्याटिङ ताकत देखाएको थियो । जसमा नेपालले भारतलाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । पछि बर्षाले अवरोध गर्दा खेललाई २० ओभरमा घटाईएको थियो । जसमा नेपाल डकवर्थ लेविस (डिएलए) पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो ।

दुवै खेलमा पराजित भएको नेपाल समूह चरणबाट बाहिरिन पुगेको थियो । प्रतियोगिताबाट बाहिरीएपनि खेलाडीको मनोबल र खेल कौशलको खुबै चर्चा भएको थियो ।

फोटो -राष्ट्रिय खेलकुद परिषद्