काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान भएपछि आज प्रतिनिधि सभाका सांसदहरूको पिसिआर परीक्षण गरिने भएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ
सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण गर्न लागिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेपछि संसद अधिवेशन बोलाइएको हो।








