काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज नेकपा माओवादी केन्द्रले संसद सचिवालयमा बुझाने भएको छ । हिजो (मंगलबार) बसेको स्थायी कमिटी बैठकमा भएको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो । बैठकले आजबाट सरकारलाई समर्थन नरहेको भनि पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गरिएपछि नेकपा माओवादी केन्द्र सरकारबाट छुट्टिएको थियो । तर पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिईसकेको थिएन् । जसको कारण पछिल्लो समय माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखेको भन्दै आलोचनाको शिकार हुँदै आएको अवस्था थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते विश्वासको मत लिन चाहेपछि संसद अधिवेशन बोलाइएको छ।








