२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमाथि रोमान्चक विजयी हासिल गर्दै श्रीलंका सुपर फोरमा



अ+ अ-

जेन्सी । एसिया कपमा समुह चरणअन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानलाई दुई रनले हराउँदै श्रीलंका सुपर फोरमा पुगेको छ ।

समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । यससँगै, अफगानिस्तान समूह बी र नेपाल समूह ए बाटै बाहिरिने टोली बनेका छन् ।

श्रीलंकाबाट जितको लागि २ सय ९२ रनको लक्ष्य पाएको अफगानिस्तान ३७.४ ओभरमा २ सय ८९ रन बनाउदै अल आउट भयो । अफगानिस्तालाई सुपर फोरमा पुग्न उक्त लक्ष्य ३७.१ ओभरमा पुरा गर्नुपर्थ्यो। ३६ औ ओभरको समाप्तीमा अफगानिस्तानलाई सुपर फोरमा पुग्न एक बलमा तीन रन चाहिँएको थियो ।

३७.१ ओभरमा मुजिब उर रहमानलाई श्रीलंकाका स्पिनर धनन्जय डि सिल्भाले सदिराबाट क्याच गराएपछि अफगानिस्तानको सुपर फोरको सम्भावना लगभग सकिएको थियो । तर बाँकी तीन बलमा एक छक्का हान्न सके अफगानिस्तान सुपर फोरमा पुग्न सक्थ्यो । धनन्जयले दोस्रो र तेस्रो बल लगातार डट फाले र चौथो बलमा फारुकीलाई एलबीडब्लू आउट गराए । र विजयी हुँदै श्रीलंका सुपर फोरमा पुग्यो ।

अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ६५ रन बनाए। नाबी अफगानिस्तानबाट ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले २४ बलमा अर्धशतक बनाउदै मुजिब उर उरमानले २६ बलमा पाकिस्तानविरुद्ध हानेको अर्धशतकको कीर्तिमान तोडेका हुन् ।

यस्तै, कप्तान हश्मातुल्लाह शाहिदी ५९, नाजिबउल्लाह जद्रान २३, गुलबदीन नाइब २२, ओपनर रहमानउल्लाह गुरबाज ४ रइबाहिम जद्रानले ७ रन बनाउँदा राशिद खान २७ रनमा नट आउट रहे ।

श्रीलंकाका कसुन रजिथाले सर्वाधिक ४ विकेट लिए । दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले समान दुई विकेट लिए ।

त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । श्रीलंकाका विकेटकिपर कुशल मेन्डिसले सर्वाधिक ९२ रनको योगदान दिए ।

ओपनर पाथुम निसांका ४१, दीमुथ करुणारत्ने ३२, सदिरा समाराविक्रामा ३, चरिथ असलंका ३६ र दासुन शानका ५ रनमा आउट भए । अन्तिम बलमा आउट भएका महेश थिक्सेनाले २८ रन बनाउदा दुनिथ वेलालागे ३३ रनमा नट आउट रहे ।

अफगानिस्तानका तीव्र गतिका गुलबदीन नाइबले ४ विकेट लिए । राशिद खानले २ विकेट लिए भने मुजिब उर रहमानले १ विकेट लिए ।

समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन भने समूह बी बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगे।

सुपर फोरको पहिलो खेलमा आज बंगलादेश पाकिस्तानबीच प्रतिष्पर्धा हुनेछ ।