३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मनाङको पर्यटनः जताततै मोटर बाटो, संकटमा ट्रेकिङ रुट

मनाङको पर्यटनः जताततै मोटर बाटो, संकटमा ट्रेकिङ रुट
अ+ अ-

मनाङ । लामो समय हिमाली जिल्ला मनाङ पुग्न पदयात्राबाट मात्रै पुगिन्थ्यो । पदयात्रामार्फत नै यहाँको रमणीय स्थलमा रमाउन विदेशी पर्यटक आउने गर्दथे । स्थानीय पर्यटक कमै पुग्ने भए पनि विदेशी पर्यटक पदयात्रामा रमाउँदै मनाङका रमणीय स्थलमा पुग्थे । तर, हिमाली जिल्ला मनाङ पुग्न सहज बनाउने उद्देश्यले ३१ वर्ष अघि नेपाली सेनाले ट्रयाक खोल्यो ।

नेपाली सेनाले विसं २०६९ मा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकको ट्रयाक खोलेर यात्रा सहज बनाइयो । सेनाले सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्दा यस भेगका धेरै जनामा खुसियाली छाएको थियो । यस सडक सञ्जाल निर्माण भएपछि भने यहाँका स्थानीय, पर्यटक र भारी बोकेर दैनिकी चलाउने मजदुरलाई भने असर गरेको छ । यसले पदमार्ग नै प्रभावित भएको छ ।

पदमार्गमा प्रभाव पार्दा केही स्थानमा पदमार्ग र सडक एउटै बनेका छन् । यसले स्थानीय, पर्यटक र ज्यालादरी मजदुरलाई प्रत्यक्ष प्रभाव परेको हो । यस विषयमा सडक सञ्जाल जोड्ने क्रममा भारी बोकेर दैनिकी चलाउने मजदुरलाई पर्ने प्रभावका विषयमा कसैको चासो पुगेन । यसले गर्दा अहिले पदयात्रीले सकस भोगिरहेका छन् । यसका साथै मनाङको माथिल्लो क्षेत्रमा पनि सडक सञ्जाल पुर्‍याइयो । मनाङ सदरमुकाम चामे पुगेको सडक विसंं २०७१ मा त्यहाँभन्दा २५ किलोमिटर दूरी सडक सञ्जालसँग जोडियो । यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किलोमिटरमाथिको खाङ्सारसम्मै सडकमा जोडिएको छ ।

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भञ्ज्याङ (५,४१६ मि) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ । यस पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् । कैयौँ पदमार्गबाटै सडक त कैयौँ पदमार्ग नै मेटिएका छन् । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले ७ देखि १० दिनमा पूरा गर्न सकिने भएको छ । यसको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् ।

मनाङमा विसं २०५० सम्म होटल खुलेका थिएनन् । चक्रिय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो । सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिने र यसको प्रचारप्रसार हुन थालेका बताइन्छ । त्यतिबेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैन थियो । भरियाले बेँसीसहरबाट ५र६ दिन लगाएर भारी बोकेर सामग्री पुर्‍याउने गरिन्थ्यो ।

सडक सञ्जालको अभावमा पर्यटक र स्थानीय कतै–कतै डोरी र भर्‍याङमार्फत हिँड्थे । यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ । कम मात्रामा प्रयोग गर्ने गरिन्छ । “गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ”, उहाँले भन्नुभयो ।

विसं २०६९ मा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो । चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधै होटलमा बास बस्न आइपुग्छन् । होटलमा बस्न थालेपछि खानपान र भाँडाकुँडा बोक्नुपर्दैन । “पहिले जस्तो छैन अहिले, गाडी चल्यो, मान्छे र सामान सँगसँगै गाडीमै आइपुग्छ, अहिले भरिया खासै हुँदैनन्”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८० वर्षीय याङदुङ गुरुङले भन्नुभयो, “भरियाविनै काठमाडौँ–पोखराबाट बेँसीसहर हुँदै सिधैँ माथिल्लो मनाङ पुग्छन् ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा वर्षेनी १९ हजारको हराहारीमा विदेशी पर्यटक आउने गर्दथे । सन् १९९९ मा आठ हजार बढी पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्याङ्क राखिए पनि कुनै पनि निकायले भरियाको तथ्याङ्क सङ्कलन गरेको छैन । बेँसीहरसम्म मोटर चल्ने भएकाले पर्यटक बेँसीसहर बास बस्न आइपुग्थे । बेँसीसहरबाटै भरियामार्फत सामग्री लैजाने गर्दथे ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेका अनुसार दुई जना बराबर एक जना भरियाले सामान बोक्ने गर्दथे । “हिँडेरै आउने पर्यटकसँगै उनीहरूका भारी बोक्ने भरियाको राम्रो कमाइ हुन्थ्यो, नेपाली भनेर मनाङीले भरिया सुतेको पैसा लिँदैनथे”, घलेले भन्नुभयो, “अचेल त पर्यटक गाडीमा आउँछन्, त्यसकारण भरिया नै देखिदैनन् ।”

अहिले सवारीसाधान चलेपछि काठमाडौँ–पोखराबाट पर्यटक सिधैँ मनाङ आइपुग्छन् । खाङ्सारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला भञ्ज्याङ हुँदै मुक्तिनाथसम्म तीन–चार दिनका लागि चाहिने भरिया बेँसीसहरबाटै लैजानुपर्ने हुन्थ्यो ।

गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ । धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ । मनाङको आलु धेरैजसो मनाङमै खपत हुन्छ । सडक सञ्जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात सहरमा रहेका होटलमा खपत हुने गरेको पाइन्छ ।

पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मनाङमा उत्पादित आलु, फापर बेँसीसहर हुँदै पोखरा–काठमाडौँसम्म पुग्छ । यहाँको यातायात चले पनि यहाँबाट सामग्री बजारसम्म पुर्‍याउन भने सहज छैन ।

एक समय बेँसीसहरबाट हिँडेर दुई दिनमा पुगिने मनाङको धारापानीसम्म अचेल जीपमा चार घण्टामै पुगिन्छ । धारापानीदेखि तिल्चे ९मनाङ० सम्म पनि यातायात चल्छ । तर, दुध खोलामा पुन नहुँदा वर्षायाममा यातायात ठप्प हुन्छ । त्यसपछि भीमथाङ, लार्के ९मनाङ–गोरखा० सिमाना हुँदै सामागाउँ एक सातामा पुगिन्छ । मनास्लु पदमार्गको यस मार्ग अहिले खच्चड प्रयोगमार्फत सामग्री ढुवानी गर्न सहज र छिटो हुन्छ । तिलिचो जान आउनेका लागि खाङ्सारसम्म जीपमार्फत एकै दिनमा पुग्न सकिन्छ । खाङ्सारदेखि तिलिचो बेसक्याम्प एक दिनमै पुगिन्छ । त्यहाँबाट दुई दिनको यात्रामा थोराङ्ला बेसक्याम्प पुगिन्छ ।

विसं २०६९ सम्म बेँसीसहरको मनाङे चौतारा, पुमाखोला, चनौटे, बेलौती बिसौना आसपास बस्ने भरियाले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको यात्रा गर्थे । कोही मनाङ प्रवेशपछि मनास्लु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे । मनाङमा भरियाले नै खाद्यान्न पुर्‍याउँथे ।

मङ्सिरदेखि फागुनसम्म चार महिना गाउँमा नबस्ने मनाङी भरियाले बोकेको खाद्यान्न खाएर अरू आठ महिना गाउँमै बदस्थे । विसं २०७०र७१ मा माथिल्लो मनाङसम्मै जीप पुग्न थालेपछि त्यसमाथिका ठाउँको भारी बोक्न खच्चड प्रयोग हुन थालेको मनाङवासी बताउँछन् । मनाङ जाने बाटोमा भर्‍याङ बनाएर डोरीमा झुन्डिएर जानुपर्ने बाध्यता थियो । खच्चड हिँड्न थालेपछि सामग्री ढुवानीमा सहज भएको थियो । पदमार्गले परिचय बनाएको मनाङको गौरव अहिले सङ्कटमा परेको छ ।

नवीन लामिछाने/रासस