• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

श्लोक वाचिका सरु गुरागाईंको यस्तो छ पछिल्लो स्वास्थ्य अबस्था



काठमाडौ । घाँटीको क्यान्सरबाट पीडित मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंको उपचार खर्च जुट्न सुरु भएको छ ।

स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि अमेरिकामा उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो ।

यो पनि पढ्नुहोस- क्यान्सरपीडित लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंको उपचार अमेरिकामा हुँदै

बिहीबारमात्र थाइराइडको शल्यक्रिया गराएकी उनी अहिले ‘रिकभरी’ को चरणमा रहेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरू आइसकेपछि थप उपचारविधिबारे टुंगो लाग्नेछ । घाँटी वरिपरीको लिम्फ नोडहरूमा फैलिएको अवस्थामा क्यान्सर पहिचान भएको थियो ।

सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि गो फन्डमी मार्फत आग्रह गरेपछि हालसम्म ५८ हजार ९५२ अमेरिकी डलर उठिसकेको छ ।

श्रीमान् मुरारीले सरुको उपचारका लागि गो फन्डमीमा सरुको उपचारका लागि ७५ हजार डलर उठाउने लक्ष्य राख्नुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्यूबमा धारावाहिक प्रसारण गरेपछि उनलाई धेरैले चिनेका हुन् । उनी महिला र वृद्धवृद्धाहरुबीच बढी लोकप्रिय छिन् । एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको कविता वाचन अवरुद्ध बनेको छ ।