१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नेपालको चुच्चे नक्शा राख्न चीन सरकारलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छ: एमाले



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्शा (चुच्चे नक्शा) लाई मान्यता दिन कुटनीतिक नोट पठाउनुपर्ने बताएको छ ।

एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्शा जारी गर्दा नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताउनुभएको हो ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले चीन सरकारलाई सो नक्शा सच्याउन नेपाल सरकारले अविलम्व पहल गर्नुपर्ने बताउनु भयो । चीनले नेपालको नक्शा पनि समेटदा पुरानै नक्शालाई मान्यता दिनु दु:खद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कुटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई एक इन्च पनि जमिन कसैको चाहिँदैन । कसैलाई छोड्दैनौं पनि । यही मान्यता बमोजिम हामी आज पनि यसमा उभिएका छौं । जहाँसम्म चीनले नेपालको नक्शा पनि छेउमा राख्दै गर्दा चुच्चे नक्शा गायव गरेर राख्यो । यस सन्दर्भमा नेपाल सरकारले अविलम्व चाईनाको सरकारलाई यस विषयमा उसले कुटनीतिक नोट पठाओस् । यसमा अविलम्व प्रश्न गरोस् । अविलम्व सरकारले चाईनको सरकारसँग समन्वय गरेर यो विषयलाई चाँडो हल गरोस् ।’

‘किनभने लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग हो । कुनै देशलाई हो वा होइन भन्ने अधिकार छैन । त्यसकारण यो भूगोलको बारेमा, यो नेपालको होइन जस्तो गरेर, नेपालमा नभएजस्तो गरेर चाईनामा हामीले नेपालको नक्शा देख्यौं । त्यो दुखद् कुरा हो । सरकारले अभिलम्ब यसमा कुटनीतिक पहलमार्फत, उपयुक्त छलफलमार्फत यसमा चाईनाको सरकारलाई सच्याउनका लागि पनि अपिल गर्नुपर्छ । सरकारलाई हामी त्यो माग गर्न चाहन्छौं ।’

सचेतक बर्तौलाले एमाले आफ्नो एक ईन्च भूमि छोड्ने पक्षमा नरहेको दोहोर्‍याउनु भयो । उहाँले नेपालको भुगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि दोहोर्‍याउनु भयो ।