• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु ★   च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै ★   सन्दीपको सफलताः फेसबुकमा १० लाख फलोअर्स हुने पहिलो नेपाली खेलाडी ★   मातातीर्थमा तिर्थालुको भीड- तस्बिरहरु ★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

नेपाल–भारतबीचको खेल हेर्न वीरगञ्ज महानगरपालिकामा २ बजेपछि विद्यालय विदा



काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सोमबार हुने नेपाल र भारतबीचको क्रिकेट प्रतियोगिता हेर्नका लागि दिउँसो २ बजेपछि पालिकाभरका सम्पूर्ण विद्यालयका पठनपाठन स्थगित गरेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै विद्यार्थीहरुमा क्रिकेट खेलप्रतिको उत्साह र भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकाले नेपाल टिमको हौसला बढाउन दिउँसो २ बजेपछि विद्यालय बन्द गरिएको जनाएको छ ।

एसिया क्रिकेट कप २०२३ अन्तर्गत सोमबार श्रीलंकाको पल्लेकेलेमा नेपाल र भारतबीच खेल हुँदैछ ।