४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र युनाइटेड बीच रोमाञ्चक भिडन्त, आर्सनल विजयी



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेड विरुद्ध रोमाञ्चक जित दर्ज गरेको छ ।

आर्सनलको खेल मैदान इमिरेट्समा भएको खेलको पहिलो हाफमा दुबै टोलीबाट एक एक गोल भए पनि खेलको निर्णय अन्तिम समयको इन्जुरी टाइममा भएको भएको थियो । ८८औं मिनेटमा युनाइटेडका लागि अलेजान्ड्रो गारनाचोले एक सुन्दर गोल गरे पनि त्यो अफसाइड भएको थियो ।

त्यस लगत्तै इन्जुरी समयमा आर्सनलका लागि डेक्लान राइस र काउन्टर एट्याकमा जेसस गेब्रियलले गोल गरेर आर्सनललाई ३–१ गोल अन्तरले विजयी गराए ।

यसअघि पहिलो हाफमा युनाइटेडका लागि मार्कस रासफोर्डले २७ औं मिनेटमा गोल गरेर युनाइटेडलाई अग्रता दिएका थिए । तर त्यो अग्रता एक मिनेट पनि टिकेन ।

आर्सनलका लागि २८ औं मिनेटमा डिबक्स भित्र गेब्रिएल मार्टिनेलीले सिर्जना गरेको पासमा मार्टिन ओडिगार्डले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

यो जितसँगै आर्सनलले ४ खेलबाट १० अंक सहित पाँचौं स्थानमा उक्लेको छ । म्यान्चेस्टर युनाइटेड भने २ हार सहित ४ खेलबाट ६ अंक सहित ११ औं स्थानमा छ । एजेन्सी

शीर्ष चार टिम (४ खेलपछि)

१. म्यान्चेस्टर सिटी – १२ अंक
२. टोटेनह्याम हटस्पर – १० अंक
३. लिभरपुल – १० अंक
४. वेस्टह्याम युनाइटेड – १० अंक