२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण तेस्रो आयोजनको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प



फाईल फोटो
अ+ अ-

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन् ।

अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीनरूपमा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र सडक बन्द गरेका हुन् ।

शनिबारदेखि अरुण तेस्रो प्रवेश मार्गअन्तर्गतका जग्गाधनीले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन् । अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेका कारण बाध्य भएर अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्गको सडक ठप्प पारेको अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा सङ्घर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताउनुभयो ।

अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत्गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरणको माग गर्दै अनिश्चितकालीनरूपमा विद्युत् गृहस्थल पुखुवा र प्रवेशमार्गको सडक बन्द गरिएको संयोजक राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा निर्धारण समितिले प्रतिरोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । पहिलो चरणमा चार सय ५४ रोपनीको जम्मा रु ५३ करोड ७४ लाख ५० हजार बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । रासस