९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञा लगाउँदा पनि संक्रमण दर हालसम्मकै उच्च



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुँडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको २४ घण्टामा आठ हजार ६५९ जना सङ्क्रमित भएका छन् भने ५८ जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

नेपालमा एकै दिन आठ हजार ६५९ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै यो एकै दिनमा सङ्क्रमित हुने सबैभन्दा बढी हो । एक दिनअघि मङ्गलबार सात हजार ६६० जनामा कोरोना सङ्क्रमण भएको थियो । मन्त्रालयले एक महिनाअघि प्रक्षेपण गरेको दैनिक ११ हजारसम्म सङ्क्रमितको सङ्ख्या हुने अनुमान थियो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा बुधबार आठ हजार ६०५ जनामा कोरोना पुष्टि भएको जानकारी गराए । 

यस्तै ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । थप सङ्क्रमित सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । डा। गौतमका अनुसार क्वारेन्टाइनमा ३१८ जना रहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।