२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० क्रिकेटमा अस्ट्रेलियाद्वारा दक्षिण अफ्रिका पराजित



अ+ अ-

दक्षिण अफ्रिकामा आइतबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा घरेलु टोली दक्षिण अफ्रिका पराजित भएको छ ।

ब्याटिङ र बलिङ दुबैमा प्रभावशाली खेल खेलेको अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १९० रनको सम्मानजनक स्कोर खडा गरेको थियो । अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले ४२, कप्तान एडेन मारक्रमले ४१, डोनोभान फराइराले ४८ रनको पालि खेलेका थिए ।

जितका लागि १९१ रन पछ्याएको अस्ट्रेलियाले १३ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । अस्ट्रेलियाका ट्राभिस हेडले ४८ बलमै ९१ रन बनाएर खेल आफ्नो पक्षमा पारेका थिए । उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए ।

यसैगरी जस इङलिसले ४२ र मार्कस स्टोइनिसले ३७ रन बनाएका थिए ।

यो जितसँगै अस्ट्रेलियाले अफ्रिका विरुद्धको तीन टी२० शृङ्खला जितेको छ । यसअघिका दुबै खेल अस्ट्रेलियाले जितिसकेको छ । पहिलो खेल १११ रन र दोस्रो खेल ८ विकेटले खेल जितेको थियो ।

अब दुबै टिमबीच पाँच वटा एक दिवसीय खेल हुनेछन् ।