२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब आकाशमा उड्दै गरेको इजिप्टको विमानमा इन्धन हालियो…



अ+ अ-

कायरो । भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ ।

ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो । “इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,” भारतीय वायुसेनाले आफ्ना केही सैन्य अधिकारी आगामी तीनसाता इजिप्टमा रहने जनाउँदै सामाजिक सञ्जालमा भनेको छ ।

यसैबीच, भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले उक्त द्विवार्षिकी बहुपक्षीय अभ्यासमा वासुसेनाका एक सय ५० जना कर्मचारी ब्राइट स्टार–२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ ।

ब्राइटस्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएका रक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस